काठमाडौं– एनआइसी एसिया बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको तिलगंगास्थित होटल आनन्द प्रालिमा सम्पन्न भएको छ ।

बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको छ ।

सो सभाले गत कात्तिक २ मा सम्पन्न सञ्चालक समितिको ५७१औं बैठकले सर्वसाधारण सेयरधनी समूहको तर्पmबाट सञ्चालकमा केशवप्रसाद लम्साललाई गरेको नियुक्ति पनि अनुमोदन गरेको बैंकले जनाएको छ ।

बैंकले आफूलाई मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गरेको बैंक बताएको छ । तर यसका लगानीकर्ताले भने दुई वर्षदेखि कुनै प्रतिफल पाएका छैनन् । केन्द्रीय बैंकको निर्देशन उल्लंघन गरेपछि राष्ट्र बैंकले एनआइसी एसियालाई लाभांश वितरण गर्न रोक लगाएको हो ।

एनआइसी एसियाले ३५९ शाखा, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित एकाइबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय