काठमाडौं– आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाजमा सवार यात्रु जीवितै भेटिने सम्भवना अत्यन्तै कम रहेको उद्धारर्मीले बताएका छन् ।
विमानको ८० प्रतिशतभन्दा बढी भाग जलेकोले यात्रु जीवितै भेटिने सम्भवना निकै कम रहेको उद्धारकर्मीको भनाइ छ ।
उक्त दुर्घटनामा ज्यान गुमाएका मध्ये ३६ जनाको शव फेला निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् ।
उनका अनुसार ती शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । विमानमा सवार यात्रुलाई जिवितै भेटिने सम्भावना निकै कम रहेको पनि उनले बताए ।
खोंचमा विमान खसेपछि ठूलो आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । काठमाडौंबाट पोखरा उडेको उक्त जहाजमा चालक दलका सदस्यसहित ७२ यात्रु थिए । तीमध्ये १० जना विदेशी नागरिक रहेको बताइएको छ ।









