काठमाडौं– नेपालको मर्चेन्ट बैंकिङ सेवा दिने पहिलो कम्पनीका रुपमा २०४९ माघ १ गतेबाट सञ्चालनमा आएको सनराइज क्यापिटल लिमिटेडले ३० वर्ष पूरा गरेको छ ।

कम्पनीले एनआइडिसी क्यापिटल मार्केट्स लिमिटेडको नामबाट कारोबार सुरु गरेको थियो । पछि २०६७ मा एनआइडिसी क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीका रुपमा एनसिएम मर्चेन्ट बैंकिङको नाममा दर्ता कायम भई मर्चेन्ट बैंकिङ कारोबारलाई निरन्तरता दियो ।

सनराइज बैंंक लिमिटेडले २०७३ माघ २८ मा प्राप्ति गरेपछि यो पनि सनराइज बैंकको सहायक कम्पनीका रुपमा सनराइज क्यापिटल लिमिटेडको नामबाट काम गर्दै आएको छ ।

मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्न थालेको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीनले माघ १ गतेदेखि विभिन्न सेवामा छुटका योजना अघि सारेको छ । कम्पनीले ३० दिनसम्म निःशुल्क डिम्याट खाता र निःशुल्क मेरो शेयर खाता सुविधा दिने बताएका छ ।

लगानी व्यवस्थापन सेवाको इन्ट्री लोड शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यसैगरी ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि इन्ट्री लोड ३० दिनका लागि निःशुल्क गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै कस्टोडियल सेवाको प्रशासनिक शुल्क पनि ३० दिनका लागि ३० प्रतिशत छुट दिने भएको छ ।

पहिलो ३० जना ग्राहकलाई निःशुल्क कस्टोडियल सर्भिस र पोर्टफोलियो काउन्सिलिङ प्रदान गर्ने बताइएको छ । कम्पनीले संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

नेपालमा पहिलो सामूहिक लगानी कोषको शुरुवात गरेको कम्पनीले हाल दुईवटा म्युचुअल फन्ड सनराइज फस्र्ट म्युचुअल फन्ड र सनराइज ब्लुचिप फन्डको व्यवस्थापन गर्दै आएको छ । नयाँ म्युचुअल फन्ड सनराइज फोकस्ड इक्विटी फन्ड निष्कासनको क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ । हाल कम्पनीले मर्चेन्ट बैंकिङ कारोबारअन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर निष्कासन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, सेयर रजिस्ट्रार, सेयर प्रत्याभूति, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परामर्श सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय