काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले सोमबार गृह मन्त्रालयमा मन्त्री लामिछानेसँग भेट गरी सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानमा विषयमा जानकारी गराएको हो ।

मन्त्री लामिछानेसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन, सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक कानुन निर्माणका लागि पहल गर्न र कच्चा पदार्थको पर्याप्त आपूर्ति व्यवस्था मिलाउने वातावरण सुनिश्चित गर्न उनीसँग आग्रह गरेका थिए ।

त्यस क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने व्यवसायीले राखेका विषयलाई आफूले गम्भीर रुपमा लिएको र समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । मन्त्री लामिछानेसँगको भेटका क्रममा महासंघका तर्फबाट उपाध्यक्षद्वय विपिन रामुदामु र महेन्द्र शाक्य एवं महासचिव धर्मसुन्दर बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय