काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय तोकेको छ ।

शुक्रबारको मूल्य अघिल्लो दिनको तुलनामा ११ सय रुपैयाँले कम हो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ६ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक रुपमा मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय