काठमाडौं– हिमालयन ऊर्जा विकास कम्पनीले साबिकका सेयरधनीका लागि दुई सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपात अर्थात् दुई सय प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि हकप्रद सेयर निष्कासन हुनेछ । उक्त हकप्रद निष्कासनको लागि विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय