पोखरा– जलेर सख्त घाइते भएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी संगीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति नै निधन भएको जानकारी दिए । सोही घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको उनको भनाइ छ ।

‘साधारण शैय्यामा राखेर उपचार भइरहेको छ, कुनै जटिलता भएमा सघन उपचार कक्ष पनि तयारी अवस्थामा राखिएको छ,’ निर्देशक खत्रीले भने । आइतबार जलेर घाइते भएको अवस्थामा दुवैलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पु¥याएका थिए ।

आत्मदाह गर्ने प्रयास गरेका ४५ वर्षीय क्षेत्रीलाई बचाउन खोज्दा सापकोटाले उल्टै ज्यान गुमाउनुपरेको जनाइएको छ । क्षेत्री सापकोटाकै घरमा डेरा गरी बस्थे । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय