काठमाडौं– एनआइसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापत १० लाख रुपैयाँ उपलब्ध गराएको छ । उक्त बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देहीको शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमाबापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलकसुन्दर कार्की हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । उनले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले हालसम्म २०७९ जना ग्राहकलाई बीमा दाबी गरेबापतको ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरिसकेको विज्ञप्तिमा उल्लेख छ । सोमध्ये घातक रोग बीमाबापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमाबापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमाबापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख रुपैयाँ प्राप्त गरिसकेको बैंकको भनाइ छ ।

उक्त बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जसअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त हुने बताइएको छ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म पाउने पनि बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय