
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशको अध्यक्षमा दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको छैटौं वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।
उनलाई धुलिखेल उद्योग वाणिज्य संघले अध्यक्षको उम्मेदवार बनाएको थियो । उनी संघका पूर्वअध्यक्ष हुन् ।
महासंघको उपाध्यक्षमा उद्योग वाणिज्य संघ खैरहनीका पूर्वअध्यक्ष गुणराज श्रेष्ठ र नेपाल वितरक संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठ चुनिएका छन् । गुणराज निर्विरोध र दुर्गाराज मतदानबाट निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
कोषाध्यक्षमा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री निर्विरोध भए ।
कार्यसमिति सदस्यहरुमा जीवनकाजी मकाजु श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, राजन कार्की, सनत थापा, शिवप्रसाद मानन्धर, विरेन्द्रनाथ भट्टराई, अनिलकृष्ण श्रेष्ठ र प्रेमहरि मैनाली निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले जानकारी दिए ।