काठमाडौं– धितोपत्रको दोस्रो बजारको सेयर कारोबार मापक नेप्से परिसूचक ५० बिन्दुले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५०.०४ बिन्दुले बढेर २००२.७० मा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.२७ बिन्दुले बढेर ३७९.५० मा पुगेको छ । आज कारोबार भएका १३ वटै उपसमूह सूचक बढेको छ ।

विभिन्न कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँमा किनबेच भएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब १ अर्ब ३१ करोड ७२ लाख ३८ हजार २२२ रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । यसको ७ करोड ८५ लाख ८८ हजार ३१७ रुपैयाँ बराबरको कारोबार भयो हिमालयन डिस्टिलरी ५ करोड ७३ लाख १७ हजार २७१, अरुण काबेली पावर ४ करोड ७६ लाख ४६ हजार ६८८, नबिल बैंक ३ करोड ५७ लाख ८५ हजार २०७ र शिव श्री हाइड्रोपावरको ३ करोड ४० लाख ६६ हजार चार सय ९९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

स्टक एक्सचेन्जका अनुसार शुभम् पावर ९.९८, नेपाल इन्स्योरेन्स कम्पनी ९.४४, शिव श्री हाइड्रोपावर ८.५२, अभियान लघुवित्त ७.५९ र जोशी हाइड्रोपावरको मूल्य ७.४३ प्रतिशतले बढेको छ ।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ ५.८१, प्राइम बैंकको ऋणपत्र १.९९, सिटिजन म्युचुअल फन्ड पहिलो १.८७, सिटिजन म्युचुअल फन्ड दोस्रो १.७९ र लक्ष्मी उन्नति कोषको मूल्य १.७५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय