काठमाडौं– चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) मा विदेशमा बस्ने नेपालीबाट ६९८ अर्ब ८८ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) प्राप्त भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनमा २७.१ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको ताजा आर्थिक स्थितिसम्बनधी प्रतिवेदनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले बढेर ५ अर्ब ३० करोड डलर पुगेको उल्लेख छ । अघिल्लो वर्ष डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

रोजगारीका लागि बिदेसिने नेपालीको संख्या बढेसँगै विप्रेषण आप्रवाह बढेको हो । गत साउनदेखि मागसम्मा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएर बिदेसिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा ५७.३ प्रतिशतले बढेर ३ लाख १४ हजार ७६७ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या उक्त अवधिमा १०.१ प्रतिशतले बढेर १ लाख ६७ हजार ७०८ जना पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय