
काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६.८० बिन्दुले घटेर १९७५.८९ मा आएको हो ।
नेप्सेका अनुसार आज २ सय ६० कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता सेयर ३६ हजार २ सय ८० पटक खरिदबिक्री हुँदा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५०० रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १ सय ३८.२० र निर्जीवन बीमा समूहको उपसूचक १ सय १९.१२ अंकले घटेको छ । बैंकिङ समूह २२.५३, विकास बैंक समूह ५२.१३, वित्त समूह २८.७८ र होटल तथा पर्यटन समूह ३१.३३ बिन्दुले घटेको छ ।
त्यसैगरी जलविद्युत् समूह ३८.०७, लगानी समूह १.५, उत्पादन तथा प्रशोधन समूह १७ दशमलव ८६, लघुवित्त समूह ३०.६५, म्युचुअल फन्ड ०.६, व्यापार समूह २४.८७ र अन्य समूह ८.८१ अंकले घटेको छ ।
आज २६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको सेयर मूल्य ९.९८ बिन्दुले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्स लिमिटेड डिभेन्चर–२०८३ को सेयर मूल्य ६.५५ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ८ करोड २१ लाख ५८ हजार ९४३ बराबरको १ लाख ८१ हजार २३४ कित्ता सेयर कारोबार भएको छ ।