
काठमाडौं– एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ सम्मको सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश बोनस सेयरको रुपमा दिने बताइएको छ ।
कम्पनी सञ्चालक समितिको फागुन ३० गते बिहान बसेको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँको ८.९४७ प्रतिशतले हुन आउने २६ करोड १ लाख ९९ हजार ४१२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशतले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।