काठमाडौं– तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिले सहकारीमा समान सहकार्यले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकास समेत गर्ने गरेकोमा जोड दिएका छन् ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन (शुक्रबार)को पहिलो प्यानल बहसमा विभिन्न मुलुकको प्रतिनिधिले सहकारीको समान सहकार्य विषयमा प्रस्तुति दिँदै उक्त कुरामा जोड दिएका हुन् । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले प्यानल डिस्कसनको सहजीकरण गरेका थिए ।

अस्ट्रेलियाबाट सहभागि बिजनेस काउन्सिल अफ कोअपरेटिभ म्युचियल प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारीको सहकार्यले देशको आर्थिक विकासँगै देशको जीडीपीमा समेत सहकारीको ठूलो योगदान दिएको बताइन् ।
उनले सहकारीको सहकार्यले देशको आर्थिक विकास र दिगो विकासमा ठूलो भूमिमा खेलेको बताइन् ।

भारतबाट प्रतिनिधित्व गरेका आइसिए एपीका क्षेत्रीय निर्देशक बालु एयरले सहकारीहरुले पछिल्लो समय सहकारीमा समान सहकार्यले महिलाहरुको समेत राम्रो भएको बताए । उनले सहकारीमा महिलाको सहभागिताले मुलुकको आर्थिक विकास सहयोग पुगेकोमा जोड दिए । उनले पछिल्लो समय सहकारीहरुमा विचलन आएको हो कि भन्ने प्रश्न गर्दै सहकारी अभियन्तामा विचलन आउन नहुनेमा जोड दिए ।

सहकारी अभियन्तमा विचलन आउँदा पछिल्लो समय सहकारीमा समस्या आएको धारणा उनको छ । सहकारीहरु स्वनियममा सञ्चालन हुने संस्था भएकाले सरकारले सहकारीमा आएको समस्याको सहजीकरण मात्र गर्नुपर्ने तर नियन्त्रण र निर्देशन आवश्यक नभएको उनको भनाइ छ ।

भारतको राष्ट्रिय सहकारी विकास निगमका एमडी पंकजकुमार वंशलले सहकारीको पहिचान संकटमा परेको संकेत गरे ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी स्वनियममा नरहँदा विश्वसनीयतामाथि चुनौती आएको बताए । सहकारीमा समान सहकार्यले नेतृत्वको विकासँगै मुलुकको दिगो विकासमा योगदान पुगेको उनले बताए ।

वरिष्ठ पत्रकार कनकमणि दीक्षितले सहकारी क्षेत्रको समाचार सम्प्रेषण गर्नु सञ्चार क्षेत्रको अनिवार्य दायित्व भएको औंल्याउँदै मुलुकको भविष्य सहकारी क्षेत्रमा रहेको बताए ।

पहिलो प्यानल डिस्कसनमा उठेका प्रश्नको जवाफमा डा. खतिवडाले सहकारीलाई नियमन गर्ने सहकारीको छुट्टै ऐन आवश्यक भएको बताए । उनले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने र सोको लागि छुट्टै निकाय स्थापना गर्न सुझाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय