काठमाडौं– अन्जन श्रेष्ठलाई नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बनाउने सहमति जुटेको छ ।

तीनजना प्रतिस्पर्धीबीच भएको पहिलो चरणको मतदानमा कसैले पनि आवश्यक बहुमत नल्याएपछि दोस्रो चरणमा गएको वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धा सहमतिमा पुगेर टुंगिएको हो । दोस्रो चरणमा प्रतिस्पर्धा गर्नुपर्ने अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच सहमति भएको हो ।

पूर्वअध्यक्ष, वरिष्ठ उपाध्यक्षसमेतको सहभागितामा भएको छलफलबाट अन्जनको पक्षमा सहमति बनेको स्रोतको भनाइ छ । मिलेसम्म तीन वर्षे कार्यकाल आधाआधा खाने र नमिले उमेशलाललाई विशिष्ट सदस्यमा ल्याउने गरी सहमति भएको बताइएको छ ।

पहिलो चरणको मतदानबाट अर्का प्रत्यासी रामचन्द्र संघई बाहिरिएपछि दोस्रो चरणको निर्वाचन दिउँसो २ बजे तोकिएको थियो । यसैबीच प्रतिस्पर्धी पक्षबीच छलफल सुरु भएको थियो । छलफलका कारण मतदान समय चार बजेका लागि सारिएको थियो ।

महासंघको विधानमा भने आधा–आधा कार्यकालको व्यवस्था छैन । पहिलो चरणको निर्वाचनमा उमेशभन्दा अन्जन बलियो देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय