काठमाडौं– एभरेस्ट बैंकको मोबाईल बैंकिङ एप इबिएल टच २४ मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।

एभरेस्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरि स्मार्ट क्युआर मा भुक्तानी गरेर सेवाको शुभारम्भ गरे ।

यो सेवा सुरु भएसँगै एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ ।

ग्राहकले भुक्तानी गरेलगत्तै रकम सिधै एभरेस्ट बैंकको खातामा जम्मा हुने व्यवस्था भएको यस स्मार्ट क्युआरले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुविधा पुग्ने विश्वास बैंककोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय