काठमाडौं– नेपाली बजारमा बुधबार पहेंलो धातु सुनको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामै एक हजार १०० रुपैयाँले घटेको हो । यस मूल्यसँगै बुधबारका लागि छापावाल सुन प्रतितोला ८९ हजार ८०० र तेजाबी सुन ८९ हजार ३५० कायम भएको छ ।

लगातार घटिरहेको सुनको मूल्य मंगलबार भने सामान्य बढेको थियो । मंगलबार तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९० हजार ९०० र तेजाबी सुन ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर एक हजार ३४० मा कारोबार भइरहेको छ । मंगलबार तोलामा २० रुपैयाँ बढेर चाँदी एक हजार ३६० मा कारोबार भएको थियो ।

साताको पहिलो दिन आइतबार १५ रुपैयाँले उकालो लागेको चाँदीको भाउ सोमबार पनि तोलामा ५ रुपैयाँ बढेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय