काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो पाएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत दाहाललाई भ्रमणको निम्तो पठाएका हुन् ।
तयारी पूरा नभएसम्म भ्रमणको मिति सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भ्रमण मिति भने तय भइसकेको ती अधिकारीको भनाइ छ ।
तयारी पूरा नभएका कारण त्यसलाई सार्वजनिक गर्न नमिल्ने र सुरक्षाको दृष्टिले पनि त्यो राम्रो नमानिने उनको भनाइ छ ।
वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्रीको भ्रमण हुन सक्ने उनको अनुमान छ ।
यता, परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेको बताइएको छ । भ्रमणको क्रममा केही विषयमा सम्झौता गर्ने तयारी छ ।









