काठमाडौं– एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको जानकारी दिएको छ ।

बैंकले गत चैतसम्ममा कुल कर्जा प्रवाह २७७.७ अर्ब रुपैयाँ र निक्षेप ३१६.५५ अर्ब पुर्याएको विज्ञपितमा उललेख छ । बैंकले चैत मसान्तसम्ममा ४.०१ अर्ब खुद मुनाफा आर्जन गर्न गरेको पनि विज्ञप्तिमा उल्लेख छ । यो अघिल्लो वर्षको तुलनामा वार्षिक विन्दुगत आधारमा ११ प्रतिशत बढी हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २०.१७ प्रतिशत रहेको छ ।

एनआइसी एसिया बैंकले वार्षिक प्रतिशेयर आम्दानी ४६.७६ आर्जन गरेको र स्व–पुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २१ वटै वाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.८५ प्रतिशत छ ।

बैंकले गत चैत मसान्तसम्ममा ४.८ लाखभन्दा बढी नयाँ ग्राहक थप गर्दै ३७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । उक्त त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको जानकारी दिएको छ ।

यो बैंकले ३५९ शाखा, ४७३ एटिएम, १०८ विस्तारित काउन्टर र ८१ वटा शाखा रहित एकाइबाट सेवा दिइरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय