काठमाडौं– आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेबाट अब ग्राहकले नेपालभारि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको छ।

आइएमई पेले सुरुदेखिनै केबल कारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबल कारबाट सुरु गरिएको सो केबलकार टिकेटिङअन्तर्गत आइएमई पेबाट चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ ।

आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकेटिङ सुविधामार्फत ग्राहकले लाइन बस्ने झन्झटबिना टिकट काट्न सक्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय