काठमाडौं– आइएमई डिजिटल सोलुसन लिमिटेडले आइएमई पेमा अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।
कम्पनीले संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स आइएमई पेमा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गर्दै आएको बताएको छ ।
आइएमई पेले सो बोनसलाई निरन्तरता दिँदै ग्राहकहरुलाई झन्झटबिना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको छ । सो बोनस रकम अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा पनि उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।









