काठमाडौं– पुँजीबजारमा बुधबार दोहोरो अंकको गिरावट देखिएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६८ बिन्दुले घटेर १८९२ मा आइपुगेको छ । यस दिन २६४ वटा कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर २३ हजार ४२९ पटक खरिदबिक्री हुँदा ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन नेप्सेका सबै उपसूचक रातो बनेका छन् । सेन्सेटिभ इन्डेक्स २.११, फ्लोट इन्डेक्स १.०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७७ बिन्दुले घटेका छन् ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५६.८२ र निर्जीवन बीमा समूहको उपसूचक ५०.९५ बिन्दुले घटेको छ । आज बैंकिङ समूह ७.६७, विकास बैंक समूह ३५.९२, वित्त समूह १२.७५, होटल तथा पर्यटन समूह ४६.९० र जलविद्युत् समूह २०.५७ बिन्दुले घटेको छ ।

त्यसैगरी, लगानी समूह ०.८५, उत्पादन तथा प्रशोधन समूह ३४.७२, लघुवित्त समूह २०.९५, म्युचुअल फन्ड ०.०४, व्यापार समूह ६.५८ र अन्य समूह ५.४५ बिन्दुले घटेको छ । आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ३.२५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको एकाइ मूल्य ९.१२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको ७ करोड १ लाख ६० हजार ४५७ रुपैयाँ बराबरको १ लाख ६४ हजार ९३० कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय