काठमाडौं– राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाले सेयरधनीहरुलाई बोनस सेयर र नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
वैशाख १३ गते सम्पन्न संस्था सञ्चालक समितिको बैठकले चुक्ता पुँजी २६ करोड रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ३ करोड ९० लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।
जसमध्ये १४.२५ प्रतिशतका दरले हुन आउने ३ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.७५ प्रतिशतका दरले हुन आउने १९ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाने निर्णय गरेको हो ।
लघुवित्तको उक्त प्रास्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।









