काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एकै दिन १८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ थियो ।

महासंघले बुधबारका लागि तेजावी सुनको भाउ प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ तोकेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघले बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ तोकेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यको आधारमा नेपालमा सुनचाँदीको तोक्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय