काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारका बहालवाला सचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे आत्मसर्पण गर्न जिल्ला प्रहरी कार्यालय टेकु पुगेका छन् ।

सोही प्रकरणमा प्रहरीले मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई तथा उनका छोरा निरज राईलाई पक्राउ गरिसकेको छ । राईमाथि तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

बादल गृहमन्त्रीबाट हटेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका थिए । उनकै जोडबलमा पाण्डेलाई गृहसचिव बनाइएको थियो । पाण्डेमाथि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने बहानामा ठगी गर्ने गिरोहलाई सहयोग गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय