काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मौजुदा मन्त्रिमण्डलमा तीनजना सदस्य थप गरेका छन् ।

प्रधानमन्त्री दाहालको सिफारिसमा नेपाली कांग्रेसका धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको समर्थनमा गत पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

एमाले, राप्रपा र स्वतन्त्र पार्टीले दाहाललाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट फिर्ता भइसकेका छन् । अहिले दाहाललाई नेपाली कांग्रेस, जसपा लगायतको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय