काठमाडौं– सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बिहीबार प्रतितोला १२ सय रुपैयाँले मूल्य बढेपछि नयाँ कीर्तिमान बनेको हो ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको थियो । यो सुनको मूल्य दुई दिनमा ३ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य १ लाख ११ हजार ८ सय रुपैयाँ तोकेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि २०७९ चैत २२ गते छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

महासंघले बिहीबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ तोकेको छ । तेजाबी सुन आइतबार प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि पनि २० रुपैयाँले बढेको छ । महासंघले बिहीबारका लागि चाँदी मूल्य १ हजार ४४५ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय