काठमाडौं– युएनडब्लुटिओले आयोजना गरेको पर्यटन रूपान्तरणको लागि ग्लोबल स्टार्टअप प्रतियोगिता अन्तर्गतको एसडिजी–८ राम्रो काम र आर्थिक वृद्धि विधाको विजेतामा नेपालको कम्युनिटी होमस्टे नेटवर्क सम्मानित भएको छ ।

संयुक्त राष्ट्र इनोभेसन नेटवर्कले समर्थन गरेको यस प्रतियोगितामा करिब १० हजार प्रारम्भिक प्रस्तावहरु सहभागी थिए । तीमध्येबाट विश्व पर्यटन क्षेत्रमा विविध प्रतिभाको क्षमता उजागर गर्दै दिगो विकास लक्ष्य (एसडिजी) मा योगदान पुर्याउने १८ देशका २५ विजेतालाई निर्णायक मण्डलले छानेको हो ।

विश्व पर्यटन क्षेत्रका विज्ञ नेताहरू मिलेर बनेको निर्णायक मण्डलले स्टार्टअपहरूको एसडिजी विशेष लक्ष्यमा योगदान पुर्याउने सम्भावना, उनीहरूको स्केलअप गर्ने क्षमता, प्रोडक्ट र यसको व्यवस्थापन टोली दुवैको परिपक्वताका आधारमा मूल्यांकन गरेका हुन् ।

एसडिजीहरूको प्रगतिका लागि विशेष महत्त्व र योगदान दिन सक्ने २५ वटा विश्वव्यापी विजेतामध्ये अमेरिकाले ९ प्रतिस्पर्धी विजेताहरूसँगै प्रस्तावहरू पेस गर्ने क्रममा अग्रिणी स्थान प्राप्त गरेको छ भने युरोपले ८ विजेता, एसिया र प्रशान्त क्षेत्रबाट ६ विजेता, र अफ्रिका र मध्यपूर्वी क्षेत्रबाट १–१ विजेता बनेका छन् ।

कम्युनिटी होमस्टे नेटवर्क (सिएचएन) का संस्थापक शिवप्रसाद ढकालले समुदायमा आधारित पर्यटनको अग्रणी एवं उदाहरणीय गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्ने अभियानले युएनडब्लुटिओ जस्तो प्रतिष्ठित संस्थाबाट सम्मान प्राप्त गर्नु सम्पूर्ण सिएचएन टोली र मुलुकका लागि ठूलो सम्मान भएको बताए ।  (प्रशिक्षार्थी)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय