काठमाडौं– धितोपत्र बजारको तथ्यांकीय मापक नेप्से सोमबार दोहोरो अंकले ओरालो लागेको छ । यस दिन नेप्से १६.९३ बिन्दुले घटेर १८३३.६९ कायम भएको हो ।

आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर २५ हजार ५८८ पटक खरिदबिक्री हुँदा ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह १२१.४९ र निर्जीवन बीमा समूह १०६.९४ बिन्दुले घटेको छ ।

बैंकिङ समूह ६.५०, विकास बैंक १३.७१, वित्त १८.४१, होटल तथा पर्यटन ८४.५६ र जलविद्युत् समूह ४३.८० बिन्दुले घटेको छ । त्यसैगरी लगानी समूह ०.१३, उत्पादन तथा प्रशोधन ३०.३०, लघुवित्त २६.८०, म्युचुअल फन्ड ०.०१, व्यापार १२.३५ र अन्य समूह ८.७७ बिन्दुले घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ८.०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३ करोड ७८ लाख २१ हजार बराबरको सेयर किनबेच भएको छ ।

कारोबार भएका सेयर संख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख २० हजार ८०६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय