काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से २५ बिन्दुले बढेको छ । यस दिन लगानीकर्ताको आकर्षण बैंकिङ समूहमा देखिएको छ ।

बिहीबारको वृद्धिले पनि नेप्सेलाई नयाँ उचाइमा पुर्याएको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस दिन ५.२३ बिन्दुले बढ्दा नेप्से २६३६.६८ मा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले बढेर ४१८.७८ बिन्दुमा पुगेको छ ।

बिहीबार पौने नौ अर्ब रुपैयाँको कारोबार भएको छ । २०६ वटा कम्पनीको १ करोड ९६ लाख कित्ता सेयर ८ अर्ब ७६ करोड २१ लाख रुपैयाँमा किनबेच भएको नेप्सेको तथ्यांकले देखाएको छ ।

यस दिन सबैभन्दा धेरै बढ्नेमा अन्य समूहको उपसूचक छ । यो सूचक २.६ प्रतिशतले बढेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमूल्यमा भएको वृद्धिले यसमा योगदान गरेको छ । उक्त बैंकको मूल्य बिहीबार पनि सकारात्मक सर्किट लागकेो छ । विकास बैंक समूहको उपसूचक २.४५ प्रतिशत र बैंकिङ समूहको उपसूचक १.२२ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

यस दिन सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका सेयरधनीले कमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मिर्मिरे माइक्रोफाइनान्स डेभलप्मेन्ट बैंकका सेयरधनीले भने ४.९१ प्रीतशत गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय