काठमाडौं– मुलुकको बैंकिङ प्रणालीमा विदेशी मुद्रा सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत चैतसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार उक्त विदेशी मुद्राले गएको साउनदेखि चैत मसान्तसम्मकै अनुपातको वस्तु तथा सेवा आयात गर्न ९.४ महिना पुग्छ ।

चैत मसान्तको विदेशी मुद्रा सञ्चिति गत असार मसान्तको तुलनामा १७.९ प्रतिशतले बढी हो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १० अर्ब ९४ करोड छ । असारमा डलर सञ्चिति ९ अर्ब ५४ करोड थियो ।

चैत मसान्तको विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ उत्पादनको अनुपातमा १६.६ प्रतिशत हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा चैत मसान्त हुँदा २०.६ प्रतिशतले बढेर १२७३ अर्ब ९९ करोड पुगेको छ ।

राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तको १५९ अर्ब ४१ करोडबाट ०.२ प्रतिशतले बढेर चैत मसान्तमा १५९ अर्ब ७४ करोड पुगेको छ । २०७९ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट बैंकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय