घोराही– दाङमा शुद्ध पिउने पानी बजारमा पुर्याउने उद्देश्यले १८ वटा खानेपानी उद्योग सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योगअन्तर्गत व्यवसायीले ११ करोड ९९ लाख ४७ हजार ८७२ रुपैयाँ लगानी गरी १८ खानेपानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

जिल्लामा सञ्चालित खानेपानी उद्योगमा चालु पुँजी २ करोड ७६ लाख २० हजार १०० रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विक्रम केसीले जानकारी दिए । उनका अनुसार उद्योगको स्थिर पुँजी ९ करोड २३ लाख २७ हजार ७२३ छ ।

अधिकांश उद्योगले भूमिगत पानी प्रशोधन गरेर बिक्री वितरण गर्ने गरेका अधिकृत केसीको भनाइ थियो । उनले भने, ‘जिल्लामा सञ्चालित अधिकांश खानेपानी उद्योगले भूमिगत पानी प्रशोधन गरेर जनतालाई बिक्री गर्ने गरेका छन् ।’

दाङसहित साविकको राप्ती क्षेत्रमा बढ्दो सहरीकरण तथा शिक्षाका कारण स्वास्थ्यका लागि शद्ध पिउने पानी आवश्यक पर्छ भन्ने चेतनाको विकास भएकाले जिल्लामा खानेपानीका उद्योगमा लगानी बढ्दै गएको अधिकृत केसीले बताए ।

उनले भने, ‘पछिल्लो समय मानिसमा शुद्ध पिउने पानी खानुपर्छ भन्ने ज्ञान भएको छ । जसले गर्दा पानीको व्यवसायसमेत राम्रो चल्ने गरेका छन् ।’

व्यवसायसँगै जनतालाई शुद्ध पिउने पानी पुर्याउने उद्देश्यले उद्योग स्थापना गरी सञ्चालन गरिएको व्यवसायीको भनाइ छ । जिल्लामा सञ्चालित अठार खानेपानी उद्योगमा स्थानीय एक सय ५० भन्दा बढी स्थानीयले रोजगारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय