काठमाडौं– आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले बिगमार्ट, चितवनसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ ।

ह्यप्पी शपिङ याट् बिगमार्ट नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकवर्गलाई जेठ महिना भरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ । सो छुट अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा १०० रुपैयाँसम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधिभरी ५ पटकसम्म पाउने कम्पनीले बताएको छ ।

अफरको दोस्रो चरण असार १ देखी साउन ३२ सम्म रहनेछ । सो अवधिमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नुका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेम खेलाइने र आकर्षक उपहारहरु पनि प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय