काठमाडौं– एनआइसी एसिया बैंकले आफ्ना ग्राहकको लागि ल्याएको भिडियो केवाईसी सेवाअन्तर्गत अनलाइन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्किम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा इमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ ।

अनलाइन खाता खोल्ने ग्राहकको लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यसअघि नै सुरु गरिसकेको बैंकले अब थप पाँचवटा सेवा समेत यस प्रणालीमा जोडेको जानकारी दिएको छ ।

घर वा अफिसबाटै लिन सकिने यी पाँच सेवाहरू बैंकको वेबसाइट लष्अबकष्बदबलप।अयm मा रहेको अप्लाई नाउमा ट्याब गरी भीकेवाईसीबाट उल्लेखितमध्ये ग्राहकले रोजेको सेवा छनोट गरी बैंकलाई अनुरोध गर्न सक्ने र ग्राहकले दिएको अनुकुल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

परिवर्तित समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचयपत्र (नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र वा मतदाता परिचयपत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरेबमोजिमका विवरण तथा कागजात देखाउनुपर्छ ।

यो सेवाको सुरुवातसँगै ग्राहकको विद्यमान खातामा नयाँ विवरण राख्न केवाईसी विवरण अद्यावधिक गर्न, निष्क्रिय खाता सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा ईमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न भिडियो केवाईसी सेवा निकै नै लाभदायी हुने बैंकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय