काठमाडौं– सुनको मूल्य पछिल्लो तीन दिनयता लगातार गिरावट आइरहेको छ । शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले घटेको छ । यस साताको बुधबारदेखि शुक्रबारसम्ममा सुन तोलामा दुई हजार ७०० रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनसँगै चाँदीको घटेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य ओरालो लागेसँगै यसको असर नेपाली बजारमा समेत परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय