काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८.८३ बिन्दुको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक २.०६ प्रतिशतले घटेर १८४९.७९ अंकमा कायम भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अंकको गिरावट देखिएको हो ।

बुधबार २ सय ६२ वटा कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर ३६ हजार ८ सय ९३ पटक खरिदबिक्री हुँदा २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको भएको छ ।

नेप्सेका सबै सूचकहरु रातो देखिएका छन् । सेन्सेटिभ सूचक ७.२८, फ्लोट सूचक २.५९ र सेन्सेटिभ फ्लोट सूचक २.२० बिन्दुले घटेको छ । यस दिन सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २२८.८२ र निर्जीवन बीमा समूहको उपसूचक २२२.३४ बिन्दुले घटेको छ ।

बैंकिङ समूह १८.६७, विकास बैंक समूह ७०.१७, वित्त समूह ३४, होटल तथा पर्यटन समूह १२५.७१ र जलविद्युत् समूह ६१.८० बिन्दुले घटेको छ ।

त्यसैगरी, लगानी समूह १.४८, उत्पादन तथा प्रशोधन १७२.९६, लघुवित्त ६३.०२, म्युचुअल फन्ड ०.०६, व्यापार ३५.७३ र अन्य समूह २०.२० बिन्दुले घटेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक र युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय