काठमाडौं– सुनको मूल्यले यसअघिका सबै कीर्तिमान तोडेको छ । साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रतितोला ८ सय रुपैयाँले भाउ बढ्दा सुनको मूल्यमा यसअघिको कीर्तिमान तोडिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ तोकेको छ । बिहीबार यसको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ थियो ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको छ । बिहीबार यसको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय