काठमाडौं– करका विषयमा भएको अस्पष्टताले आइतबार बिहानैदेखि बन्द रहेको सेयर बजार अर्थ मन्त्रालयको प्रस्टीकरणपछि खुलेको छ । लगानीकर्तासँगको वार्तापछि अर्थले प्राकृतिक व्यक्तिको हकमा ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने प्रस्ट पार्दै विज्ञप्ति जारी गरेको छ ।
बजार खुलेसँगै नेप्से परिसूचक तीव्र गतिमा बढ्न थालेको छ ।
आगामी आर्थिक वर्षको बजेटअन्तर्गत सरकारले नयाँ कर व्यवस्था गरेसँगै आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले आइतबार बिहान सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका थिए । यसैबीच, अर्थ मन्त्रालयमा भएको वार्तापछि ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने प्रस्ट भएसँगै बजार खुलेको हो ।
यो सामग्री तयार गर्दासम्म बजार ४० भन्दा धेरले बढिसकेको छ ।









