काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कोसी प्रदेशको बिर्तामोड र इटहरी, मधेस प्रदेशको वीरगन्ज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरी कुल १३ वटा स्थानमा भव्य र सभ्य कार्यक्रम आयोजना गरी ६ हजारभन्दा बढी अभिकर्तालाई तालिम दिनुका साथै हरेक शाखा उप–शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करीब हजार जना अभिकर्तालाई सम्मान गरिएको छ ।

२०८० साल वैशाख ७ गते बिर्तामोडको सेन्ट्रल पोइन्ट होटल एन्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ४०० जना, वैशाख ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा ४५० जना, वैशाख १४ गते मिर्चैयाको राम जानकी होटल एन्ड पार्टी प्यालेसमा ५७० जना, वैशाख १६ गते वीरगन्जको होटल शाह दरबारमा ४५० जना, वैशाख १८ गते नारायणगढको सिएमटी रिसोर्टमा ४६० जना, वैशाख २२ गते भक्तपुरको नमस्ते ब्याङ्क्वेटमा ५०० जना, जेठ ५ गते काठमाडौंको अनमोल ब्याङ्क्वेटमा ७०० जना, जेठ ९ गते सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा ३५० जना, जेठ ११ गते नेपालगञ्जको सुनाखरी रेस्टुरेन्टमा ३४० जना, जेठ १३ गते टिकापुरको होटल सिद्धार्थमा ३६० जना, जेठ १५ गते अत्तरियाको होटल नमस्तेमा ५५० जना, जेठ २० गते बुटवलको सिद्धार्थ होटलमा ५५० जना र जेठ २२ गते पोखराको सिटी स्क्वायरमा ४०० जना गरी कुल ६ हजार ८० जना अभिकर्ताले तालिम प्राप्त गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रमहरुमा उपस्थित अभिकर्तालाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभिकर्ताको क्षमताको विकास गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । उक्त कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपलाई थप निखार्न महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय