काठमाडौं– ‘आइएमई पे’बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (रु १००० सम्म) क्यासब्याक पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।
वैशाख १४ देखि साउन ३१, २०८० सम्म लागू हुने उक्त अफरअन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्ने र क्यासब्याकको फाइदा पनि लिन सक्ने बताइएको छ ।









