काठमाडौं– गत वैशाखमा महँगी ७.४१ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । अघिल्लो साल वैशाखको तुलनामा यसपालिको महँगी वृद्धिदर कम हो । गत वर्ष वैशाखमा उपभोक्ता मुद्रास्फीति (महँगी वृद्धिदर) ७.८७ प्रतिशत थियो ।
वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी ८.८९ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
उक्त महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २६.६१ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
यसपालि वैशाखमा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशतले महँगी बढेको छ । २०७९ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशतले महागी बढेको छ ।









