काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ । कम्पनी अध्यक्ष सुभाष अमात्यज्यूको अध्यक्षतामा सम्पन्न सभाले समूह क संस्थापक समूहका सेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
कम्पनीमा शंकर गौतम र दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौंथो वार्षिक साधारण सभाबाटै सञ्चालक रहिआएका छन् । सभाले ९.८० प्रतिशत सेयर लाभांश र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्ष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण समेत पारित गरेको छ ।
साधारणसभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच १ः१ सेयर अनुपातमा हुने मर्जर प्रक्रियालाई स्वीकृति प्रदान गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि सभाले स्वीकृति दिएको छ ।









