काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४०.४८ विन्दुले उकालो लागेर १९८०.०९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१० अंकले उकालो लागेर ३७०.५२ मा पुगेको छ ।
कारोबार भएका कूल १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कूल ९५ लाख २८ हजार दुई सय ५५ कित्ता सेयर रु तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५ सय ६३ मूल्यमा कारोबार भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख ६० हजार ६९१ बराबर पुगेको छ ।
कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको ११ करोड ४७ लाख २४ हजार ५ सय १८ बराबरको कारोबार भएको छ ।
यस्तै, शिवम सिमेन्ट १० करोड ८७ लाख ७५ हजार ५ सय १५, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स १० करोड ६८ लाख ५० हजार ६ सय ३१, नेपाल दूरसञ्चार कम्पनी र ८ करोड १२ लाख ६४ हजार ९ सय ५४ र नेपाल पुनरबीमा कम्पनी ७ करोड ९३ लाख १४ हजार बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार भूगोल इनर्जी र सिटी होटल लिमिटेडको सेयर मूल्यमा १० प्रतिशत बराबरको कारोबार भई सकारात्मक सर्किट लागेको छ । गुहेश्वरी मर्चेन्ट बैंक ८.७०, रिलायन्स फाइनान्स ८.३६ र सिटिजन इन्भेस्टमेन्ट ट्रस्टका लगानीकर्ताले ८.३१ प्रतिशतले कमाएका छन् ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फन्ड पहिलो ३.८३, मेगा म्युचुअल फन्ड पहिलो २.५३, मनकामना स्मार्ट लघुवित्त २.५१, एनआइसी एशिया सेलेक्ट फन्ड २.४० र प्रभु स्मार्ट फन्डका लगानीकर्ताले १.९४ प्रतिशतले गुमाएका छन् ।









