काठमाडौं– वाणिज्य बैंकहरुको ब्याजदर असारमा हेरफेर नहुने भएको छ । नेपाल बैंकर्स संघले असार महिनामा बैंकको ब्याजदर थपघट नगर्ने निर्णय गरेको हो ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था नेपाल बैंकर्स संघको मंगलबार बिहान सम्पन्न बैठकले असारमा जेठकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो ।

संघले वैशाखमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.९९९ प्रतिशत तोकेको थियो । बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । संघले जेठमा सोही ब्याजदरलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय