काठमाडौं– यो साता लगातार उकालो लागिरहेको सेयर बजारमा मंगलबार पनि उच्च अंकको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४.१७ बिन्दुले बढेर २०२०.६४ कायम भएको हो ।
आज कारोबार रकम पनि बढेको छ । विभिन्न २७० कम्पनीका १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँमा कारोबार भएका छन् ।
आजको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ । अरु सबै कम्पनीको बढेको छ । नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको मूल्यमा प्रतिकित्ता ३.९३ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकम र कारोबार भएको सेयर संख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २७ करोड ६६ लाख ८७ हजार २५० रुपैयाँको ५ लाख ५७ हजार ३८८ कित्ता सेयर किनबेच भएको छ ।









