काठमाडौं– एनआइसी एसिया क्यापिटल र अगम फुड इन्डस्ट्री प्रालिबीच सम्झौता भएको छ । एनआइसी एसिया क्यापिटलले आफ्नो आइडिया टू आइपिओ सेवाअन्तर्गतको संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फन्डको व्यवस्था गरिदिने सहित अगम फुड इन्डस्ट्री प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई आगामी दिनमा आइपिओ जारी गर्ने चरणमा पुर्याई भविष्यमा सर्वसाधारणमा साधारण सेयरको सार्वजनिक निष्कासन गरिदिनेसम्मको सेवा दिन यो सम्झौता गरेको जानकारी दिएको छ ।

अगम फुड नेपालको सबैभन्दा ठूलो स्टीम राइस मिल उद्योगमध्ये एक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त राइस मिल उद्योग सन् २००५ देखि भरतपुर वडा नं. १३, मा सञ्चालित छ । यसले आफ्नो उत्पादन देशको विभिन्न भूभागमा बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले स्वदेशी किसानबाट धान खरिद गरेर गुणस्तरीय चामल उत्पादन गरी सुपथ मुल्यमा विक्री गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय