काठमाडौं– एनआइसी एसिया बैंकले नेपालमा पहिलोपटक भि?त्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले आम व्यवसायीमाझ पुर्याउने भएको छ ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको सेवा दिने अनुमति पाएपछि एनआइसी एसियाले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्स इंकको गेटवे प्रणालीले नेपालमा सरल डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउने बैंकले दाबी गरेको छ ।

यसबाट इच्छुक मर्चेन्टले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

अमेरिका, चीन, भारत लगायत एसिया, युरोप र अफ्रिकाका विभिन्न देशमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्व जगतमा प्रतिष्ठित रहेको पनि विज्ञप्तिमा उल्लेख छ । यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्तासँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यावसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एनआइसी एसिया बैंकको खातामा भुक्तानी प्राप्त गर्न सक्ने बताइएको छ ।

यो सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिसा, मास्टरकार्ड, युनियन पे लगायत कार्डबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय