पथरी– पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यसको उत्पादन बढ्दै जाादा बजारको अभाव हुन थालेको छ ।

‘ड्रागन फ्रुट प्रोडक्ट एसोसिएसन नेपाल’ कोशी प्रदेशले हालै आयोजना गरेका प्रदेश स्तरीय भेलामा नेपालमा उत्पादित ड्रागनले बजार नपाएको भन्दै किसानले सरकारको ध्यानाकर्षण गराएका थिए । ड्रागन बिक्री गर्न समस्या भएको उनीहरुको भनाइ छ ।

पछिल्लो समय नेपालमा ड्रागनको माग बढेसँगै ड्रागन खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । एकपटक सुरु गरेको व्यवसायले २५ वर्षसम्म धान्ने भएपछि कृषक यो व्यवसायप्रति आकर्षित हुँदै आएका छन् । नेपालमा खुला बजार, शीत भण्डारलगायत समस्या समाधानको उपाय खोज्न व्यवसायी एकीकृत भएका छन् ।

एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष गणेश राईले विदेशबाट आयातमा रोक लगाउन र शीत भण्डारको व्यवस्था गर्न सरकारसँग माग गरे । नेपालमा व्यवसायी कृषकले ठूलो क्षेत्रमा ड्रागनको खेती गर्दै आएका छन् । यस वर्ष खेतीअनुसार फल पनि राम्रै उत्पादन भएको छ । तर बजार नभएका कारण फलले उचित मूल्य पाएको छैन । ‘कहाँ लगेर बेच्ने भनेर कृषक चिन्तित छन्,’ उनले भने ।

यसरी नै फल उत्पादन भए र शीत भण्डार नभए फल बारीमै कुहिने अवस्था आउने पूर्वाञ्चल मल्टिपल एग्रिकल्चरका सञ्चालक तथा एसोसिएसनका कोशी प्रदेश अध्यक्ष जयबहादुर तामाङले बताए । अघिल्लो वर्ष फार्ममै प्रतिकिलो ७५० मा बिक्री भएको फल यस वर्ष ५०० पनि बिक्री गर्न मुस्किल भएको उनको भनाइ छ ।

यसै ड्रागन खेती गर्दै आउनुभएका कृपासुर घले सबै व्यवसायी एक भएर अघि नबढे समस्या आउने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय