काठमाडौं– ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आइएमईको २३औं वार्षिक उत्सवको अवसरमा आइएमई पेमार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।

केही समययता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्द ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने छन् ।

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

आइएमई पे आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली ( २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय