भैरहवा– सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ मूल्य बराबरको एक किलो ९६५.३ ग्राम सुनसहित दाङको घोराही नगरपालिका–१० का २१ वर्षीय हुमानन्द गिरीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले विशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिए । चेकजाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँट्टा फेला परेको उहाँको भनाइ छ ।

‘सुनमा स्विट्जरल्यान्ड, एक किलो फाइन गोल्ड लेखिएको छ । कारमा फल्स बटम बनाई सुन लुकाइएको रहेछ,’ थापाले भने, ‘आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका छौं, थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय